द्वितीय विश्वयुद्धमा हराएको अमेरिकी पनडुब्बी ७५ वर्षपछि भेटियो

यूएसएस ग्रेब्याक

तस्बिर स्रोत, Tim Taylor-Lost 52 Project

Published

द्वितीय विश्वयुद्धमा हराएको एक अमेरिकी पनडुब्बी इस्ट चाइना सीको फेदमा भेटिएको छ।

यूएसएस ग्रेब्याक र त्यसमा रहेका ८० सदस्य सन् १९४४ मा जापानी हवाई आक्रमणमा परेपछि हराएको थियो।

यसको अवस्थितिका बारेमा जानकारी भएको एक सैन्य काजगपत्र फेला परेपछि सो पनडुब्बी जापानको ओकीनावा नजिकै फेला परेको हो।

यसअघिको खोजमा प्रयोग गरिएको अवस्थिति जानकारीमा एउटा अङ्क नभएको कारण यो फेला पर्न सकेको थिएन।

पनडुब्बीमा रहेका ८० जना सदस्यको परिवारलाई यो खोजको बारेमा जानकारी दिइएको छ।

यूएसएस ग्रेब्याक

तस्बिर स्रोत, Tim Taylor-Lost 52 Project

सो पनडुब्बीमा रहेका सेना प्याट्रिक किङकी भतिजी क्याथी टेलरले यो खोजले काकाको अध्याय बन्द गरेको बताउँछिन्।

"म सानो हुँदादेखि नै कि उहाँको बारेमा पत्ता लगाउन वा खोज जारी राख्न वा उहाँलाई सम्झनामा राखिराख्न चाहान्थे," उनले एबीसी न्यूजलाई बताइन्।

पनडुब्बी कसरी भेटियो?

द्वितीय विश्वयुद्धमा हराएका अमेरिकी पनडुब्बीहरू खोज्ने लस्ट ५२ प्रोजेक्ट नामक अभियानले यूएसएस ग्रेब्याक खोजेको हो।

उनीहरूले यसअघि सो पनडुब्बी खोज्न प्रयोग गरिएको जापानी काजगातमा एउटा अङ्क नभएको र त्यसको कारण १६० किलोमिटर पर खोजिएको थापा पाएका थिए।

Map

ड्रोनमा आधारित नयाँ प्रविधि र नयाँ काजगात प्रयोग गरेर खोज टोलीले समुन्द्र सतहबाट १४ सय फिट तल पिँधमा रहेको पनडुब्बी खोजेको हो।

"अमरिकी पनडुब्बी डुबेको स्थानको रूपमा पहिचानह हुनुको मतलब सो स्थानमा खलबल हुने छैन र मृत अमेरिकी सेनाहरू शान्त रूपमा विश्राम गर्न पाउने छन्," अभियानका संस्थापक टीम टेलरले भने।

द्वितीय विश्वयुद्धमा १४ वटा जहाजहरूलाई डुबाएको यूएसएस ग्रेब्याक हराएका ५२ अमेरिकी पनडुब्बीमध्ये एक हो।