तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
संसद निलम्बन गर्ने निर्णय उल्टिएपछि सांसदहरूद्वारा प्रधानमन्त्री जोनसनसँग जवाफ माग
ब्रिटेनको सर्वोच्च अदालतले संसद् निलम्बन गर्ने प्रधानमन्त्री बोरिस जोनसनको निर्णय गैरकानुनी भएको फैसला सुनाएको भोलिपल्ट बसेको संसदको बैठकमा उनीसँग त्यससम्बन्धमा विभिन्न जवाफहरू मागिएको छ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर न्यूयोर्कबाट फर्किएका प्रधानमन्त्री जोनसनले स्थानीय समय अनुसार अपरान्हको ४ बजे आफ्नो धारणा सार्वजनिक गर्दै छन्।
राजीनामाको माग
उनले राजीनामा दिनका लागि भैरहेको मागलाई अस्वीकार गर्ने ठानिएको छ।
विपक्षी सांसदहरूले सर्वोच्च अदालतको फैसलापछि जोनसनले राजीनामा दिनुपर्ने माग गरिरहेका छन्।
तर प्रधानमन्त्री कार्यालयले भने जोनसनले राजीनामा नदिने र उनी आफ्ना ब्रेक्जिटसम्बन्धी योजनामा यथावत रहेको जनाएको छ।
महान्यायाधिवक्ता जेफ्री कोक्सले संसद निलम्बन गर्ने सरकारको यसअघिको कदमको बचाउ गरेका छन्।
असहमति
उनले ब्रेक्जिटअघिको पाँच हप्ता संसद् निलम्बन गर्ने विषय कानुनसम्मत हुने भन्दै आफूले सरकारलाई दिएको सुझावको विषयमा थप जानकारीको खुलासा गर्ने बताएका छन्।
संसद् निलम्बन गर्ने निर्णयले सांसद्हरूलाई सरकारलाई जवाफदेही बनाउने अधिकारबाट बञ्चित गर्ने भन्ने विषयमा सर्वोच्च अदालतका ११ जना न्यायाधीशहरूले सर्वसम्मत निर्णय गरेका थिए।
जोनसनले आफूले फैसलाको सम्मान गर्ने तर त्यसमा असहमति रहेको बताएका थिए।
सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री जोनसनले फैसलाले ब्रेक्जिटका लागि युरोपेली सङ्घ ईयूसँग गर्नु पर्ने छलफल झनै कठिन तुल्याइदिने प्रतिक्रिया दिएका थिए।