तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'सिङ्गिङ बौलको लोकप्रियता बढ्दै तर गुणस्तर कायम गर्न चुनौती'
जति मिठो धुन 'सिङ्गिङ बौल' अर्थात् काँसबाट बनाइने कचौराबाट निस्कन्छ त्यसका लागि त्यति नै कठिन परिश्रम चाहिने सम्बद्ध मानिसहरूको अनुभव छ।
विगतमा घरायसी काममा, ध्यान गर्न तथा उपचारमा समेत प्रयोग हुने सिङ्गिङ बौलको लोकप्रियता र माग बढ्दो छ।
पछिल्लो समयमा उपहार र सजावटका लागि बढि प्रयोग हुने 'सिङ्गिङ बौल' विभिन्न आकार र प्रकारका छन्।
ती मध्ये 'फुल मून' बौल पूर्णिमाको रातमा मात्र बनाइने र यसबाट उत्पन्न हुने ध्वनि र कम्पन स्वच्छ हुने हुनाले विशेष मानिने 'सिङ्गिङ बौल' व्यवसायी तथा थेरापीले उपचार गर्ने शान्त रत्न शाक्यले बताए।
उनले सिङ्गिङ बौल थेरापीको उपचार विधिबाट विभिन्न रोगको उपचार गरेको बताए। उनको तीन पुस्ताले सिङ्गिङ बौल बनाउँदै आएको छ।
उनका अनुसार बौलमा प्रयोग भएको धातु, बौलको आकार र तौलको आधारमा विभिन्न किसिमको ध्वनि र कम्पन उत्पन्न हुन्छन्।
तर दक्ष जनशक्तिको अभाव र मिसावटयुक्त धातुका कारण यसको निर्माणमा भने चुनौती थपिएको उनको भनाइ छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।