भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन

Published

भारतकी भूतपूर्व विदेशमन्त्री एवं सत्तारुढ भारतीय जनता पार्टीकी वरिष्ठ नेत्री सुषमा स्वराजको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन।

उनलाई मङ्गलवार राति उपचारको लागि दिल्लीको एम्स् अस्पताल लगिएको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा सन्देश लेख्दै सुषमा स्वराजलाई श्रद्धाञ्जली दिएका छन्।

मोदीले स्वराजको निधनका कारण आफू मर्माहत भएको ट्वीट सन्देशमा उल्लेख गरेका छन्।