सेनामा नगएर स्यान्को काटी रोल बेच्न थालेका ज्ञान राई यसरी सफल व्यवसायी बने

भिडिओ क्याप्शन सुरु हुँदैछ, स्यान्को रोलको सफलता
Published

ज्ञान राईको परिवारमा सेनामा भर्ती हुने परम्परा थियो। तर ४० वर्षीय राईको कथा भने भिन्न छ।

परिवारमा कसैले नगरेको काम सुरु गरेर उनले आफ्नो छुट्टै परिचय बनाएका छन्।

उनले पनि पितापुर्खाले जस्तै ब्रिटिश वा भारतीय सेनामा जागिर खाऊन् भन्ने परिवारको चाहना थियो। तर उनले त्यो बाटो रोजेनन्।

दश कक्षापछि उनलाई पढ्न पुग्यो भन्ने लाग्यो र १७ वर्षअघि नयाँ बानेश्वरबाट काटी रोल व्यवसाय सुरु गरे।

उनले बेच्न थालेको स्यान्को काटी रोल हिजोआज काठमाण्डूमा धेरै मन पराइने फास्ट फूडमध्ये पर्छ। अहिले १८ भन्दा बढी ठाउँबाट स्यान्को काटी रोल विक्री हुन्छ।

'युवा उद्यमी शृङ्खला' अन्तर्गत सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि