बीबीसी नेपालीको पहिलो प्रसारणमा बजेको गीत: चम्काइदेऊ चाँदीका ती हातमा बाला, चम्काइदेऊ...
Published
यो गीत कतै सुन्नु भएको छ?
चम्काइदेऊ चाँदीका ती हातमा बाला, चम्काइदेऊ
चम्काइदेऊ चाँदीका ती हातमा बाला, चम्काइदेऊ
झल्काइदेऊ सहरदेखि डाँडाकाँडा झल्काइदेऊ
झल्काइदेऊ सहरदेखि डाँडाकाँडा झल्काइदेऊ
चम्काइदेऊ चाँदीका ती हातमा बाला, चम्काइदेऊ....
बीबीसी नेपाली सेवाको पहिलो रेडियो कार्यक्रममा सोफिया शर्माले गाएको यो गीत पनि बजेको थियो।
कर्णाली भेगबाट सङ्कलित यो गीत ४९ वर्षअघि लन्डनमा रेकर्ड गरिएको थियो।
शर्माले भारतबाट शास्त्रीय सङ्गीतको अध्ययन गरेकी थिइन्।
लामो समय रेडियो नेपालमा काम गरेकी शर्माको विसं २०६६ मा निधन भएको उनका दाइ मदन रेग्मीले जानकारी दिए।
(तस्बिर सौजन्य: नरोत्तम शर्मा)
अनि यो पनि
