चन्द्रमामा बीउ टुसाएको समाचारको नेपालमा पनि रमाइलो चर्चा

बीउ
Published
पढ्ने समय: २ मिनेट

चिनियाँ अन्तरिक्ष यानले चन्द्रमामा लगेका बीउहरू टुसाएको समाचार सार्वजनिक भएपछि त्यसबारे सामाजिक सञ्जालमा व्यापक टीकाटिप्पणी भइरहेको छ।

आफ्नो अन्तरिक्ष अभियान चांग'अले चन्द्रमामा लिएर गएका केही बीउहरू टुसाएको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले मङ्गलवार जनाएको थियो।

पछिल्लो समाचार प्रकाशमा आएसँगै सामाजिक सञ्जालका नेपाली प्रयोगकर्ताहरूले पनि विभिन्न खालका प्रतिक्रिया जनाइरहेका छन्।

सामाजिक सञ्जालमा तरङ्ग

ट्विटर प्रयोगकर्ता अनुप ढकालले लेखेका छन्, "'म्युटेशनल ब्रीडिङ' गर्नका लागि बीउलाई चन्द्रमामा लगेर फिर्ता ल्याई अनुसन्धान गरिन्छ र नासामा पनि कृषि वैज्ञानिक काम गर्छन् रे भनेर सुनैको हो। तर कपास आफैँ त्यो वातावरणमा हुर्किन सक्ला भन्ने प्रश्न चाहिँ केही समयलाई रहिरहनेछ।"

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

Presentational white space

ठट्यौलो पारामा शोभिता सिम्खडा लेख्छिन्, "चन्द्रमामा कपास फुलेछ हजुरआमालाई ल्याइदिऊँला भनेको हजुरआमा मख्ख हुनुभएपछि म पनि मख्ख।"

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

Presentational white space

नेपालमा व्याप्त समस्यासँग जोडेर फेसबुकमा भोजराज योगीले लेखेका छन्, "चीनले चन्द्रमामा लगेको बीउ नै टुसाउने खबरको जानकारी विश्वलाई दिँदै गर्दा हाम्रोमा भने भ्रष्टाचार, बलात्कार, हत्या आदिको बीउ मात्रै टुसाउनेभयो।"

व्यङ्ग्य गर्दै सूरज पौडेलले लेखेका छन्, "चीनले चन्द्रमामा कपास खेती गरिसक्यो। नेपाली भने देशमा नेता खेती गर्दै बसौँ।"

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

Presentational white space

चीनको बढ्दो सामर्थ्यतर्फ इङ्गित गर्दै फेसबूकमा नेत्र सापकोटाले लेखेका छन्, "अब चीन नै हो विश्वमा एकमात्र सम्पूर्ण हिसाबले अगाडि। उसले गर्ने कुरा अरूले गर्न त्यति सजिलो छैन।"

ठट्यौलो पारामा समय नामक ट्विटर प्रयोगकर्ता लेख्छन्, "छिमेकी चीनले चन्द्रमामा कपास उमारेछ। कालान्तरमा रातमा चन्द्रमा पनि सेतो होइन हरियो देखिन्छ होला।"

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

Presentational white space
बीउ
तस्बिरको क्याप्शन, चांग'अ ४ अन्तरिक्ष यान आफूसँग कपास र आलुको बीउ चन्द्रमामा लिएर गएको थियो

पछिल्लो प्रगतिलाई चिनियाँ फड्कोसँग जोडेका बीके गमको ठम्याइ छ, "चीनले विज्ञानको क्षेत्रमा गरिरहेको तीव्र प्रगतिले उसलाई अबको विश्वमहाशक्तिको रूपमा उभिन लामो समय लाग्ने छैन।"

नेपालको बेरोजगारी समस्यासँग जोडेर फेसबुकमा सागर घिमिरेले टिप्पणी गरेका छन्, "अब नेपालले चन्द्रमा, नेपाल र चीनबीचको सम्झौता गर्दा हुने भयो। कपास टिप्ने कामदारका रूपमा।"

चन्द्रमामा कुनै पनि जैविक पदार्थ उम्रिएको यो पहिलो घटना हो।

चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार चन्द्रमामा पठाइएका कपासको बीउ उम्रिएर तिनमा पालुवा लाग्न थालेको छ।

यसलाई लामो समय लाग्ने अन्तरिक्ष अन्वेषण अभियानका सम्बन्धमा उल्लेखनीय कदम भनिएको छ।