महिलाका लागि नयाँ कानुन कस्ता छन्
Published
आज भदौ १ बाट लागु भएका मुलुकी फौजदारी र मुलुकी देवानी संहिताले महिला अधिकारको दृष्टिकोणबाट सकारात्मक र नकारात्मक दुवै खालका व्यवस्थाहरू ल्याएको महिला अधिवक्ता मीरा ढुंगानाले बताएकी छन्।
उनका अनुसार बहुविवाह स्वत: बदर हुने, सम्पत्तिमा छोराछोरीको समान अधिकार, सम्बन्धविच्छेद गर्दा महिला र पुरुषले जिल्ला अदालतमा सीधै निवेदन दिन पाउने लगायतका विषयहरू सकारात्मक छन्।
तर कानुनका यिनै प्रावधानहरू महिलाको हकमा विभेदकारी रहेको पनि ढुंगानाको तर्क छ।
कस्ता छन् त ती विभेदकारी प्रावधानहरू?
उनी भन्छिन्, "दोस्रो विवाह बदर हुन्छ भनिएको छ। तर त्यसो गर्दा जसलाई विवाह गरेर ल्याइएको छ, ती महिलालाई अरूको अंश छुट्याएर श्रीमान् अंशबाट मात्रै भाग लाग्ने भनेपछि त त्यसलाई फेरि प्रोत्साहन दिएको जस्तो पनि देखिन्छ।"
सुन्नुहोस् उनीसँगको अन्तर्वार्ता।