तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारत: 'भिडन्तमा १५ माओवादी मारिए’
भारतको छत्तीसगढ राज्यस्थित माओवादी प्रभावित सुकमा भन्ने ठाउँमा भएको भिडन्तमा १५ माओवादी मारिएको प्रहरीले जनाएको छ।
घटनास्थलमा १६ वटा अत्याधुनिक हतियार पनि बरामद गरिएको र दुई जनालाई पक्राउ गरिएको बताइएको छ।
छत्तीसगढस्थित माओवादीविरुद्धको कारवाहीमा संलग्न विशेष प्रहरीका महानिर्देशक डीएम अवस्थीका अनुसार सोमवार बिहान सुकमास्थित गोलापल्ली र कोन्टा भन्ने ठाउँको बीचमा सुरक्षाकर्मीहरू कारवाहीका निम्ति निस्किएका बेला उक्त भिडन्त भएको थियो।
घटनास्थल आसपासमा अझै पनि खोजी कारवाही चलिरहेको बताउँदै प्रहरीले भिडन्तमा अरू पनि माओवादी मारिएको वा घाइते भएको हुनसक्ने आशङ्का गरेको छ।
आत्मसमर्पण वा मृत्यु
प्रहरीले उक्त भिडन्तलाई आफ्नो एउटा ठूलो सफलता मानेको छ।
मुख्यमन्त्री रमन सिंहले पहिलो पटक माओवादीसँग कुनै पनि किसिमको सम्वादको सम्भावना ठाडै अस्वीकार गरिदिएका बेला यो भिडन्तको खबर आएको छ।
उनले माओवादीलाई आत्मसमर्पण गरेर राजनीतिको मूलधारमा सहभागी हुन वा सुरक्षाबलसँगको भिडन्तमा मारिन तयार हुनु चेतावनी दिएका थिए।
यो वर्ष ६९ जना माओवादीहरू भिडन्तमा मारिएको सुरक्षा बलले दाबी गरेको छ।
साथै ६६७ जना सन्दिग्ध माओवादीलाई प्रहरीले गिरफ्तार गरेको छ।
माओवादीको तर्फबाट घटनाबारे प्रतिक्रिया जनाइएको खबर प्राप्त भएको छैन।