खुट्टाले लेखेर पढाउने शिक्षिका

भिडिओ क्याप्शन सुरु हुँदैछ, खुट्टाले लेखेर पढाउने शिक्षिका
Published

थाईल्यान्डकी पात्चारामोन सावनाका हात छैनन्। अपाङ्गता भएकै कारणले गर्दा उनले सानो छँदा विद्यालयमा भर्ना हुन पाइनन्।

उनले आफ्नो औपचारिक शिक्षा २३ वर्षको उमेरमा थालिन्। अहिले उनी शिक्षिकाको रूपमा काम गर्छिन्।

भरखरै उनले कानुनमा स्नातकोत्तर तहको पढाइ पनि पूरा गरेकी छन्।

सम्भावनाहरूलाई कुण्ठित पार्ने अपाङ्गबारे रहेको सामाजिक मान्यतालाई उनी यसरी चुनौती दिँदैछिन् ।