तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दक्षिण अफ्रिकाः राष्ट्रपतिद्वारा राजीनामा
दक्षिण अफ्रिकाका राष्ट्रपति जेकोब जुमाले राजीनामा घोषणा गरेका छन्।
पद छोड्न लागेको घोषणा गर्न बुधवार साँझ क्यामेरासामु उपस्थित भएका जुमा थकित देखिएका थिए।
गल्ती गरेको स्वीकार्दै उनले आफू र अरू कोही पनि पूर्ण नभएको बताए।
आफ्नो भाषणका क्रममा उनले धेरै कुरा अस्वीकार गरे।
धम्की
जुमाले सत्ता हस्तान्तरणका लागि आफ्नो दलसँग केही महिनाको समय मागेको र आफूले गरेका गल्तीबारे जान्न मात्र चाहेको बताए।
महाभियोग र अविश्वासको प्रस्ताव ल्याउने धम्कीबाट आफूलाई डर नलागेको उनले उल्लेख गरे।
पद त्यागेपछि सेवा, सुविधाहरू गुम्ने डर आफूमा भएको दावीको पनि उनले खण्डन गरे।
जुमाले त्यसमा कुनै सत्यता नभएको बताए।
सत्तारूढ एएनसीको निर्णयसँग आफू असहमत भए पनि तत्काल लागू हुने गरी राजीनामा दिएको उनले घोषणा गरे।
चेतावनी
योसँगै जुमा युगको अन्त्य भएको छ।
किशोर अवस्थाको दक्षिण अफ्रिकाको लोकतन्त्रलाई चुस्त मान्ने गरिन्छ।
यसअघि सत्तारूढ एएनसी पार्टीले राजीनामा दिन अथवा सदनमा महाभियोगको सामना गर्नका लागि तयार रहन जुमालाई चेतावनी दिएको थियो।
उपराष्ट्रपति एवं पार्टी सभापति सिरिल रामापोसालाई मार्ग प्रशस्त गर्न ७५ वर्षीय जुमामाथि दवाब बढ्दो थियो।
भ्रष्टाचारसहितका कैयौँ आरोप झेलिरहेका जुमा सन् २००९ देखि सत्तामा थिए।