मालश्री धुनको गाथा
Published
दशैंको समयमा देशभरजसो गुञ्जिने मालश्री धुनलाई मौलिक नेपाली लोक धुन मानिन्छ। मालश्रीको सम्बन्ध शरद ऋतुसंग पनि भएको विज्ञहरु बताउँछन्। समय र संगीतको गहिरो सम्बन्ध हुन्छ भन्ने मान्यता रहेको नेपाली संगीत क्षेत्रमा बाह्रै मासअनुसारका संगीत प्रशस्तै पाइन्छन्। तिनै मध्ये एक मालश्री धुन दशैंको समयमा देशभरजसो गुञ्जिने गर्दछ। मौलिक नेपाली लोक धुन मानिने मालश्रीको शरद ऋतुसँग पनि सम्बन्ध रहेको बताइन्छ।