नेपालमा चिनीयां पर्यटकहरुको संख्यामा उल्लेख्य बृद्धि देखिएको छ।
तस्बिरको क्याप्शन, पछिल्लो दश बर्षमा नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या झण्डै १५ गुणाले बढेको अधिकारीहरुले बताएका छन्। सन् २०१३ मा एक लाख भन्दा बढी चीनियाँहरुले नेपाल भ्रमण गरेको सरकारी तथ्याङ्क छ। (शब्द तथा तस्वीरहरु: सुरेन्द्र फुयाल)
तस्बिरको क्याप्शन, चीनियाँ पर्यटकको संख्यामा बृध्दीसँगै काठमाण्डू र पोखरा जस्ता शहरमा उनीहरुका निम्ति होटल, रेष्टुराँ र बजार बिस्तारको क्रम पनि बढेको छ।
तस्बिरको क्याप्शन, चीनियाँहरुलई आकर्षित गर्न नेपालीहरुमाझ चीनियाँ भाषाको ज्ञान र चिनियाँले रुचाउने खाल्को थप रेष्टुराँ र होटलजस्ता सुविधा आवश्यक रहेको अधिकारी तथा व्यवसायीहरु बताउछन्।
तस्बिरको क्याप्शन, राजधानी काठमाण्डूमा चीनियाँ पर्टकहरुको घुँइचो बौध्दनाथ, पशुपतिनाथ जस्ता स्मारक क्षेत्रहरुमा देख्न सकिन्छ।
तस्बिरको क्याप्शन, चीनियाँ पर्यटकहरु नेपालको इतिहाँस र सास्कृतिक विविधता झल्काउँने विभिन्न मन्दिर, स्मारक क्षेत्र र निकुञ्जहरुमा रमाइरहेका भेटिन्छन्।
तस्बिरको क्याप्शन, अहिलेको शरद श्रृतुमा चिनियाँ पर्यटकको आगमन अझै बढेको पर्यटन व्यवसायीहरु बताउँछन्।
तस्बिरको क्याप्शन,
काठमाण्डू, पोखरा, चितवन र लुम्बिनीका अतिरिक्त, चीनियाँ पर्यटकहरु पोखरादेखि उत्तरतिर रहेका पुनहिल घोडेपानी र घान्द्रुक क्षेत्रमा पदयात्राका लागि जाने गरेका छन्।
तस्बिरको क्याप्शन, नेपाल र चिनबीच हवाई सम्पर्क बिस्तार भएकाले चिनियाँ पर्यटकहरुको आगमन ह्वात्तै बढेको अधिकारीहरुको भनाइ छ।
तस्बिरको क्याप्शन, हवाइ मार्गका अतिरिक्त, ठूलो संख्यामा चीनियाँ पर्यटकहरु तिब्बतको ल्हासा हुँदै स्थलमार्गबाट पनि नेपाल प्रवेश गर्ने गरेका छन्। ल्हासाबाट नेपाल जोड्ने हिमालयन सीमापार स्थलमार्ग धेरै सुन्दर भएको चीनिया पर्यटकहरु बताउँछन्।