दोस्रो संविधानसभा निर्वाचनमा मतदान

Published

दोस्रो संविधानसभाका लागि भएको निर्वाचनमा मतदाताहरुको उल्लेख्य सहभागीतका साथ मतदान सम्पन्न भएको छ। प्रस्तुत छ मतदान कार्यका केही तस्वीरहरु।

एउटा काठमाण्डूको मतदान केन्द्र
तस्बिरको क्याप्शन, मतदान केन्द्रहरुमा पहिलो हुनेले जित्ने तर्फ मतदानका लागि नीलो र समानुपातिक तर्फका लागि रातो रंगको क्षेत्र छुट्याइएको थियो।
मतदाताहरुको लाम
तस्बिरको क्याप्शन, मतदानका लागि विगतको समयभन्दा यसपटक बढी उत्साह देखिएको बताइएको त।
धरानमा मतदाताको हातमा संकेत मसी लगाइंदै
तस्बिरको क्याप्शन, मतदाताले आफ्नो मतदान अधिकारको प्रयोग गरेको प्रमाण स्वरुप हातमा लगाइएको मसीको चिन्हलाई गौरवका साथ प्रदर्शन गर्दछन्।
मतपत्र देखाउँदै काठमाण्डूका एक पुरुष मतदाता
तस्बिरको क्याप्शन, कयौ मतदाताहरुले करिब छ वर्ष पछि हुन लागेको संविधान सभाको दोस्रो चुनावले देशमा स्थीरता र नयाँ संविधान दिने अपेक्षा गरेका छन्
काठमाण्डूको नक्सालकी एक मतदाता
तस्बिरको क्याप्शन, पहिलो हुनेले जित्ने र समानुपातिक निर्वाचनको लागि देशभर एक करोड भन्दा बढी मतदाताहरुले मतदान गर्ने अपेक्षा अधिकारीहरुको छ
मतदान केन्द्रमा तैनाथ सुरक्षाकर्मी
तस्बिरको क्याप्शन, निर्वाचनको सुरक्षाको निम्ति सरकारले देशभर नेपाली सेना सहित दुई लाख भन्दा बढी सुरक्षाकर्मी खटाएको छ
काठमाण्डूकी एक महिला मतदाता
तस्बिरको क्याप्शन, राजधानी काठमाण्ड‍ूका मतदान केन्द्रहरुमा विहान सवेरै देखि मतदाताहरुको घुंइचो लाग्न थालेको थियो
काठमाण्डू गोठाटारमा मत खसाल्दै एकजना बृद्धा
तस्बिरको क्याप्शन, मतदानमा सबै उमेरका योग्य मतदाताहरुले उत्साहका साथ सहभागीता जनाएका छन्।
पाका मतदाता
तस्बिरको क्याप्शन, मतदान केन्द्रहरुमा पाका उमेरका मतदाताहरुलाई लामोसमय सम्म लाइन बस्न नपर्ने व्यवस्था गरिएको थियो।
एकजना असक्त मतदाता
तस्बिरको क्याप्शन, दोस्रो संविधानसभाको निर्वाचनमा सहभागी हुन कतिपयलाई शारिरिक असक्तपनले समेत रोकेन।
नेपालगञ्जका मतदाता
तस्बिरको क्याप्शन, मुसलमान समुदायको बाक्लो उपस्थिती भएको नेपालगञ्जमा पनि मतदानमा उल्लेख्य सहभागीता देखिएको बताइएको छ।
दांगका मतदाता
तस्बिरको क्याप्शन, अन्यत्र जस्तै मध्यपश्चिमको दांगमा मतदाताहरु विहानदेखि नै लामबद्ध रहेका थिए।
जीमी कार्टर
तस्बिरको क्याप्शन, संविधानसभाको निर्वाचनको पर्यवेक्षण गर्न भूतपूर्व अमेरिकी राष्ट्रपति जीमी कार्टर आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै आएका छन्।