प्रदीप ज्ञवालीः 'भ्रष्टाचारका फाइलहरू हामीले उधिन्न थाल्यौँ'

Published

शनिवार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो गृहजिल्ला गुल्मीमा गरेको भाषणबारे अहिले विभिन्न टीकाटिप्पणी भइरहेको छ।

सुशासनका क्षेत्रमा वर्तमान सरकारले कामहरू सुरु गरेको दाबी गर्दै उनले वर्षौँदेखि धूलो परेका भ्रष्टाचारका फाइलहरू अहिले "हामीले उधिन्न थाल्यौँ' भनेका थिए।

"अहिले तपाईँले सुनिरहनुभएको छ त्यसका तरङ्गहरू। हामीले त केही भनेका छैनौँ तर 'चोरको खुट्टो काट्' भन्दा केही साथीहरूले त्यत्तिकै त्यत्तिकै खुट्टा उचालिरहनु भएको छ।"

आफ्नो दलमा देखिएको विवाद र विभाजनतर्फ सङ्केत गर्दै उनले भने, "नेकपा त्यति कमजोर छैन कि कसैलाई गलत आरोपहरू लगाएर प्रतिशोध साँध्नुपरोस्। हामी कसैलाई प्रतिशोध साँध्दैनौँ।तर कसैलाई बचाउन पनि सक्दैनौँ।"

"भ्रष्टाचारीको कुनै पार्टी हुँदैन। भ्रष्टाचारीको कुनै जात हुँदैन। भ्रष्टाचारीको कुनै धर्म हुँदैन। भ्रष्टाचार भ्रष्टाचार हो र जो कसैले गरे पनि त्यो अक्षम्य हुन्छ," उनले भने।

हेर्नुहोस् उनले गरेको भाषणको अंश।

अनि यो पनि