तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

अस्पतालमा भएको बम आक्रमणको निन्दा, रुस-युक्रेन वार्ता युद्धविराम गराउन विफल

युक्रेनको मारिओपोलस्थित एउटा बाल अस्पतालमा रुसले हवाई आक्रमण गर्दा प्रसूति अनि बालबालिकाहरूको उपचार गरिने वार्ड ध्वस्त भएको पृष्ठभूमिमा बिहीवार रुस र युक्रेनका विदेशमन्त्रीहरू टर्कीमा भेटेका थिए।

लाइभ कभरेज

  1. रुसले युद्ध अपराध गर्‍यो: जेलेन्स्की

    युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले घेराबन्दीमा परेको मारिओपोल सहरमा रहेको प्रसूति तथा बाल अस्पतालमा बम विष्फोट गराएर युद्ध अपराध गरेको आरोप लगाएका छन्।

    राजधानी किएभबाट भिडिओ सम्बोधन गर्दै उनले उनले त्यस्तो बताएका हुन्।

    एकजना क्षेत्रीय गभर्नरले त्यहाँ कम्तिमा १७ जना घाइते भएको बताएका छन्। भिडियो फुटेजमा एउटा भवनका झ्यालहरू बाहिर उडेको र नजिकै ठूला खाडलहरू बनेको देखिएको छ। विश्व स्वास्थ्य संगठनले युक्रेनमा आक्रमण सुरु भएदेखि नै त्यहाँका स्वास्थ्य संस्थामा कम्तीमा १८ विभिन्न आक्रमणहरू भएको पुष्टि गरेको बताएको छ। मारिओपोलका मेयरले रुसले बमबारी सुरु गरेदेखि यस सहरमा १२ सयभन्दा बढी सर्वसाधारण मारिएको बताएका छन्।

  2. लाइभ पेजमा स्वागत छ

    शुभप्रभात!

    रुसले युक्रेनमाथि आक्रमण गरेयता महत्त्वपूर्ण घटनाक्रमबारे हामीले निरन्तर अद्यावधिक गर्दै आएका छौँ।

    आज दिनभरि पनि हामी मुख्यमुख्य घटनाक्रमबारे समाचार सामग्री पस्किरहनेछौँ।

    कृपया हामीसँगै रहनुहोला।