तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

सबै क्षेत्रमा समानुपातिकतर्फको मतगणना पनि सकियो, 'सङ्ख्या अद्यावधिक' गर्दै निर्वाचन आयोग

निर्वाचन आयोगले १६५ वटै क्षेत्रमा समानुपातिकतर्फको मतगणना पनि सकिएको र अन्तिम परिणाम घोषणा गर्नुअघि सङ्ख्याअद्यावधिक र रुजु गर्ने काम भइरहेको जनाएको छ।

सारांश

  • निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फको पनि मतगणना सकिएको जनाएको छ
  • पार्टीहरूले पाएको मतका आधारमा पार्टीहरूलाई समानुपातिक सीट वितरण हुन भने बाँकी छ - - यस्तो छ सीट निर्धारण गर्ने तरिका
  • प्रत्यक्षतर्फ सबै १६५ स्थानको परिणाम आइसकेको छ
  • एक करोड आठ लाखभन्दा बढी समानुपातिक मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ६७ हजारभन्दा बढी मतसहित अग्रस्थानमा छ, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ५७ हजार मत कटाएको छ
  • प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीतर्फ ठूलोदेखि क्रमशः सानोमा रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन्

लाइभ कभरेज

दुई क्षेत्रको समानुपातिक मत गनिँदै

नमस्कार। बीबीसी न्यूज नेपालीको लाइभ पेजमा यहाँहरूलाई स्वागत छ।

गत साता फागुन २१ गते बिहीवार भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका एक अधिकारीका अनुसार अब केही हजार मत मात्र मत गन्न बाँकी छ।

अहिलेसम्म हामीलाई के थाहा छ?

  • प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको र आज दिउँसोसम्म सबै मत गनेर सकिने निर्वाचन आयोगले जनाएको छ
  • प्रत्यक्षतर्फ सबै १६५ स्थानको परिणाम आइसकेको छ
  • एक करोड सात लाखभन्दा बढी समानुपातिक मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ३९ हजारभन्दा केही बढी मतसहित अग्रस्थानमा छ
  • मतगणना सकिएपछि निर्वाचन आयोगले पार्टीहरूलाई समानुपातिकतर्फका ११० सीट बाँडफाँट गर्छ
  • प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीतर्फ ठूलोदेखि सानो क्रमशःरास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन्

आज हामी यो लाइभ पेजमा निर्वाचन र मतपरिणामसँग सम्बन्धित जानकारी र समाचार प्रकाशित गर्ने छौँ।

धन्यवाद।