अहिलेसम्मका मुख्य घटनाक्रम
- मध्यपूर्वमा द्वन्द्व चर्किएपछि एक इरानी अधिकारीले 'स्ट्रेट अफ होर्मुज'मा देखिने जुनसुकै पानीजहाजमा पनि "आगो लगाइदिने" धम्की दिएका छन्। स्ट्रेट अफ होर्मुज पेट्रोलियम पदार्थ ढुवानीमा प्रयोग गरिने एउटा महत्त्वपूर्ण मार्ग हो
- अमेरिकाका विदेशमन्त्री मार्को रुबिओले इरानमा "सबैभन्दा भीषण आक्रमण हुन बाँकी नै भएको" बताएका छन् तर उनले आफ्ना "रणनीतिक प्रयासहरूको विवरण नदिने" उल्लेख गरेका छन्
- रियादस्थित अमेरिकी दूतावासमा प्रहार भएका दुइटा ड्रोनले त्यहाँ आगलागी भएको र सामान्य क्षति पुगेको साउदी अरेबियाको रक्षा मन्त्रालयले जनाएको छ
- अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको सत्तालाई रोक्ने यो नै "अन्तिम र सबैभन्दा राम्रो उपाय" भएकाले इरानविरुद्ध युद्ध गर्ने निर्णय गरेको बताएका छन्
- इरानमा आक्रमण गरेपछि पहिलो पटक बोल्दै ट्रम्पले सैन्य अभियान जारी रहने घोषणा गरेका छन्
- अमेरिका र इजरेलले शनिवार गरेको आक्रमणमा परेर इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको मृत्यु भएको थियो। इरानले त्यसको प्रतिशोध लिने चेतावनी दिएको छ
- इजरेलले लेबननमा हिज्बुल्लाहलाई लक्षित गर्दै कैयौँ पटक हमला गरिएको बताएको छ
- लेबननी स्वास्थ्य अधिकारीहरूका अनुसार इजरेली बम हमलामा परेर कम्तीमा ५२ जनाको मृत्यु भएको र सयौँ बेरुतवासीहरू विस्थापित भएका छन्
- यूकेका प्रधानमन्त्री किअर स्टार्मरले अमेरिका र इजरेलले गरेका हमलाहरूमा यूकेले "जानीजानी" सहभागी नहुने निर्णय गरेको भन्दै आफ्नो सरकारले "आकाशबाट सत्ता परिवर्तन हुन्छ" भन्ने कुरामा विश्वास नगर्ने बताएका छन्