नेपाल निर्वाचनः प्रदेश तथा संघीय निर्वाचनमा मतदान जारी

यो चुनावबाट प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा १६५ र सातवटा प्रदेशसभामा ३३० जना उम्मेदवारहरू निर्वाचित हुने छन्। निर्वाचनमा दलहरूले पाएको समानुपातिक भोटका आधारमा प्रतिनिधिसभामा ११० जना र प्रदेशसभामा २२० जना निर्वाचित हुनेछन्।