पार्टी र उम्मेदवारहरू प्रचारप्रसारमा व्यस्त, अन्तिम तयारीमा निर्वाचन आयोग

वैशाख ३० गते शुक्रवार नेपालभरिका ७५३ वटा स्थानीय तहमा हुन लागेको निर्वाचनका लागि राजनीतिक दल, तिनका कार्यकर्ता तथा स्वतन्त्र उम्मेदवारहरू प्रचारप्रसारमा लागेका छन्।

लाइभ कभरेज

  1. के नेपालमा 'गैरदलीय' निर्वाचन सम्भव छ?

    नेपालमा अघिल्लो स्थानीय तहको निर्वाचनका बेलादेखि नै केही राजनीतिक दलका कतिपय नेताहरूले स्थानीय तहको चुनावलाई "गैरदलीय" बनाउनुपर्ने बताउँदै आएका छन्। के त्यो सम्भव छ?

  2. निर्वाचनमा कसले कति खर्च गर्न पाउँछ

    निर्वाचन आयोगले स्थानीय निर्वाचनमा विभिन्न तह तथा पदमा उम्मेदवारले प्रचारप्रसार तथा आफ्नो समग्र चुनावी अभियानमा गर्न पाउने खर्चको हद यस प्रकार तोकिदिएको छ।

    महानगरपालिका

    तस्बिर स्रोत, Election Commission of Nepal

    उपमहानगरपालिका

    तस्बिर स्रोत, Election Commission of Nepal

    कार्यपालिका सदस्य

    तस्बिर स्रोत, Election Commission of Nepal

    जिल्ला समन्वय समितिस

    तस्बिर स्रोत, Election Commission of Nepal

  3. कसरी मतदान गर्ने?

    भिडिओ क्याप्शन सुरु हुँदैछ, किन मत बदर हुन्छ? मत बदर कसरी कम गर्ने?

    निर्वाचन आयोगले गत स्थानीय तहको निर्वाचनमा अनपेक्षित सङ्ख्यामा मत बदर भएकोले मत बदर कम गर्न दल तथा उम्मेदवार थप सतर्क हुनुपर्ने बताएको छ।

    प्रत्येक मतदाताको घरघरमै पुगेर शिक्षा दिने व्यवस्था यस पटक समयाभावका कारण गर्न नसकिएको बताउँदै आफूले मतदान गर्ने दल तथा उम्मेदवारबारे मतदाता पनि सजग हुनुपर्ने बताएको छ।

    आयोगका सूचना अधिकृत सूर्यप्रसाद अर्यालले मतपत्र बदर कम गर्ने उपाय कमल परियारले बनाएको यो भिडिओमा बताएका छन्।

  4. आफैँ छाप लगाउन नसक्ने मतदाताले कसरी गर्न पाउँछन् मतदान

    नमुना मतदान

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, नमुना मतदान। फाइल तस्बिर।

    दृष्टिविहीन वा शारीरिक अशक्तता भएका वा अरू कुनै कारणले मतदाता आफैँले मतपत्रमा छाप हाल्न नसक्ने अवस्थामा भएका मतदाताले अरूको सहयोगमा मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ।

    आयोगका अनुसार त्यस्ता व्यक्तिले आफ्नो साथमा आएका एकाघरको परिवारको सदस्यलाई मत सङ्केत गर्ने गोप्य स्थानमा आफूसँगै लैजाने अनुमति मागेमा मतदान अधिकृतले अनुमति दिनुपर्ने प्रावधान छ।

    दृष्टिविहीन वा शारीरिक अशक्त भएको मतदाताको साथमा परिवारको सदस्यलाई सँगै जान अनुमति दिँदा एक्लै मतदान कक्षमा गई आफैँ मतदान गर्न असमर्थ व्यक्ति हो होइन निर्क्योल गरी अनुमति दिनुपर्ने, दृष्टिविहीन मतदाता वा मतपत्रमा मत सङ्केत गर्न नसक्ने मतदाताको साथमा जाने व्यक्तिले मतदान अधिकृतको रोहवरमा सम्बन्धित मतदाताले भने बमोजिमको निर्वाचन चिह्नमा मत सङ्केत गर्नुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ।

    कुनै मतदाताले दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरू कुनै कारणवश आफैँ मत सङ्केत गर्न नसक्ने भई सहयोग गरिदिन अनुरोध गरेमा र मतदान अधिकृतलाई सो कुरा उपयुक्त लागेमा मतदान अधिकृतले त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छाअनुसार मत सङ्केत गर्ने काममा सहयोग गर्नुपर्ने व्यवस्था स्थानीय तह निर्वाचन निर्देशिकामा रहेको आयोगले जनाएको छ।

    सो व्यवस्थाअनुसार कुनै मतदाताको कुनै एकाघरको परिवारको सदस्य उसको वारिस नभई सहयोगी मात्र भएको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेललाई उद्धृत गर्दै निर्वाचन आयोगले जनाएको छ।

  5. ५९ प्रकारका निर्वाचन सामग्री, विक्रम निरौला, विराटनगर

    निर्वाचन सामग्री

    तस्बिर स्रोत, Bikram Niraula/BBC

    वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतपत्रसहित ५९ प्रकारका सामग्री हस्तान्तरण गरेर कर्मचारीहरूलाई मतदानस्थलतर्फ पठाउन थालिएको प्रदेश नं १ को निर्वाचन कार्यालय विराटनगरले जनाएको छ।

    प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीका अनुसार निर्वाचन कार्यालयबाट मतपत्र, मतपेटिका, सील, मतदाता नामावली, स्वस्तिक छाप, विभिन्न प्रकारका अनुसूची फारमहरूसहितका सामग्रीहरू कर्मचारीहरूलाई बुझाइएको छ।

    मतपत्रसहित निर्वाचन सामग्री लिएर कर्मचारीहरू सम्बन्धित पालिकामा खटिन थालेपछि मतदानस्थलहरूमा आवश्यक सुरक्षाव्यवस्था मिलाइसकिएको सुरक्षा अधिकारीहरूले बताएका छन्

    मतदानस्थलमा पुगेपछि कर्मचारीहरूलाई मतदान केन्द्र निर्माण गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन निर्देशन दिइएको निर्वाचन कार्यालयले जनाएको छ।

    यसअघि चुनावमा खटिने मतदान अधिकृत र सहायक अधिकृतलाई निर्वाचनसँग सम्बन्धित तालिम दिइएको बताइएको छ।

  6. कर्मचारी र सुरक्षाकर्मी पठाउने क्रम सुरु

    वैशाख ३० गते मतदान गराउन निर्वाचन आयोग अन्तिम तयारीमा जुटेको छ। अहिले मतदान केन्द्रमा आवश्यक कर्मचारी र सुरक्षाकर्मी पठाउने काम भइरहेको छ।

    तनहुँमा नाम हेर्दै कर्मचारी

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँमा स्थानीय तह निर्वाचनका लागि खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीको विवरण हेर्दै कर्मचारीहरू
    निर्वाचनका लागि बागलुङका विभिन्न स्थानमा खटिएका नेपाल प्रहरी बन्दोबस्तीका सामानसहित जिल्ला प्रहरी कार्यालयबाट गन्तव्यतिर जाने तयारी गर्दै

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, निर्वाचनका लागि बागलुङका विभिन्न स्थानमा खटिएका नेपाल प्रहरी बन्दोबस्तीका सामानसहित जिल्ला प्रहरी कार्यालयबाट गन्तव्यतिर जाने तयारी गर्दै
    वैशाख ३० हुम्लाका विभिन्न मतदान केन्द्रमा खटिएका मतदान अधिकृत मतपत्र, मतपेटिका र अन्य सामग्री बुझ्दै

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, वैशाख ३० हुम्लाका विभिन्न मतदान केन्द्रमा खटिएका मतदान अधिकृत मतपत्र, मतपेटिका र अन्य सामग्री बुझ्दै
    ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आयोजना गरेको तालिममा सहभागी मतदान अधिकृतहरूसँग अन्तर्क्रिया गर्दै जिल्ला न्यायाधीश प्रकाश राउत

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आयोजना गरेको तालिममा सहभागी मतदान अधिकृतहरूसँग अन्तर्क्रिया गर्दै जिल्ला न्यायाधीश प्रकाश राउत
    जिल्ला निर्वाचन कार्यालय दार्चुलाका कर्मचारी मतदान केन्द्रअनुसार निर्वाचन सामग्री पठाउन आवश्यक कागजपत्र मिलाउँदै

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, जिल्ला निर्वाचन कार्यालय दार्चुलाका कर्मचारी मतदान केन्द्रअनुसार निर्वाचन सामग्री पठाउन आवश्यक कागजपत्र मिलाउँदै
    दार्चुलाका विकट मतदान केन्द्रमा खटिएका कर्मचारी जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचन सामग्री बुझेर कार्य क्षेत्रतर्फ जाँदै। मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिमपछि आफूलाई खटाइएको मतदान केन्द्रको निर्वाचन सामग्री बुझेर कर्मचारी जान थालेका हुन् ।

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, दार्चुलाका विकट मतदान केन्द्रमा खटिएका कर्मचारी जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचन सामग्री बुझेर कार्य क्षेत्रतर्फ जाँदै। मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिमपछि आफूलाई खटाइएको मतदान केन्द्रको निर्वाचन सामग्री बुझेर कर्मचारी जान थालेका हुन्
    मतपत्र

    तस्बिर स्रोत, RSS

    मतदान केन्द्रतिर लैजान कोष तथा लेखा नियन्त्रण कार्यालय विराटनगरमा कर्मचारीले राखेका मतपत्र र मतदान सामग्री

    तस्बिर स्रोत, rss

    तस्बिरको क्याप्शन, मतदान केन्द्रतिर लैजान कोष तथा लेखा नियन्त्रण कार्यालय विराटनगरमा कर्मचारीले राखेका मतपत्र र मतदान सामग्री
    निर्वाचन सुरक्षाका लागि डोटीमा खटिएका म्यादी प्रहरी

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, निर्वाचन सुरक्षाका लागि डोटीमा खटिएका म्यादी प्रहरी
    आउँदो वैशाख ३० को स्थानीय तहको निर्वाचनका लागि बन्दोबस्तीका सामग्रीसहित निर्वाचनको सुरक्षामा खटिएर बागलुङका विभिन्न मतदान केन्द्रतर्फ जाँदै नेपाली सेना ।

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, बन्दोबस्तीका सामग्रीसहित निर्वाचनको सुरक्षामा खटिएर बागलुङका विभिन्न मतदान केन्द्रतर्फ जाँदै नेपाली सेना
  7. पत्रकार सङ्गठनका पाँच अध्यक्षलाई स्पष्टीकरण

    निर्वाचन आचारसंहिताविपरीत स्थानीय तह निर्वाचनका सन्दर्भमा मतदातालाई पाँचदलीय गठबन्धनका पक्षमा मतदान गर्न आह्वान गर्ने पाँचवटा पत्रकार सङ्गठनलाई निर्वाचन आयोगले आइतवार स्पष्टीकरण सोधिएको जनाएको छ।

    आयोगका अनुसार उनीहरूलाई २४ घण्टामा स्पष्टीकरण पेस गर्न भनिएको छ।

    कसलाई सोधियो?

    • नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल
    • प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा
    • समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठ
    • प्रेस मञ्च नेपालका अध्यक्ष केशव अर्याल र
    • प्रगतिशील पत्रकार सङ्घ नेपालका सचिव श्यामलाल पोखरेल

    किन सोधियो?

    निर्वाचन आचारसंहिता, २०७८ को दफा २२ मा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरणको खण्ड (ख) मा सञ्चार प्रतिष्ठान, सोमा सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ।

    सोही दफाको खण्ड (घ) मा सञ्चार प्रतिष्ठान, सोमा सम्बद्ध कर्मचारी तथा पत्रकारले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने व्यवस्था छ।

  8. भरतपुरमा भ्याइनभ्याइ: रेणु दाहाल, जगन्नाथ पौडेल र विजय सुवेदीका तीन थरी दाउ

  9. तस्बिरमा चुनावी अभियान

    विभिन्न दलका नेता, कार्यकर्ता तथा उम्मेदवारहरू चुनाव प्रचारप्रसारमा व्यस्त छन्।

    स्थानीय तहका नेता मात्र हैन, ठूला दलका केन्द्रीय नेताहरू पनि आफ्नो दल तथा गठबन्धनका उम्मेदवारका पक्षमा लहर सिर्जना गर्ने उद्देश्यले देश दौडाहमा लागेको देखिन्छ। आइतवारका केही तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ।

    म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आयोजना गरेको संयुक्त चुनावी सभा।

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, म्याग्दीको धवलागिरि गाउँपालिकाको ताकममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आयोजना गरेको संयुक्त चुनावी सभा
    तनहुँको व्यास नगरपालिकाको एउटा वडामा अध्यक्ष पदमा उठेका एक स्वतन्त्र उम्मेदवार मतदातालाई मनोरञ्जन गराएर मत माग्दै

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, तनहुँको व्यास नगरपालिकाको एउटा वडामा अध्यक्ष पदमा उठेका एक स्वतन्त्र उम्मेदवार मतदातालाई मनोरञ्जन गराएर मत माग्दै
    नेकपा एमाले डोटीले जोरायल गाउँपालिकामा आयोजना गरेको चुनावी सभामा सहभागी स्थानीयवासी

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, नेकपा एमाले डोटीले जोरायल गाउँपालिकामा आयोजना गरेको चुनावी सभामा सहभागी स्थानीयवासी
    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रूपन्देहीको बुटवलमा आयोजित एउटा सभामा सम्बोधन गर्दै

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रूपन्देहीको बुटवलमा आयोजित एउटा सभामा सम्बोधन गर्दै
    नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा दाङको तुलसीपुरमा पाँचदलीय गठबन्धनले आयोजना गरेको एउटा चुनावी सभामा बोल्दै

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा दाङको तुलसीपुरमा पाँचदलीय गठबन्धनले आयोजना गरेको एउटा चुनावी सभामा बोल्दै
    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्थानीय तह निर्वाचनको तयारीमा गठबन्धनको चुनावी सभालाई दाङको घोराहीमा सम्बोधन गर्दै

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्थानीय तह निर्वाचनको तयारीमा गठबन्धनको चुनावी सभालाई दाङको घोराहीमा सम्बोधन गर्दै
  10. हेलिकप्टरबाट निर्वाचन सामग्री र सुरक्षाकर्मी

    निर्वाचन आयोगले विभिन्न विकट क्षेत्रमा हेलिकप्टरबाट निर्वाचन सामग्री र सुरक्षाकर्मी पठाइरहेको छ।

    यो तस्बिरमा दार्चुला जिल्लाको सबैभन्दा विकट क्षेत्र रहेको व्यास गाउँपालिका–१ को छाङ्गरु र तिङ्करमा मतदानका लागि पठाइन लागिएको सामग्री र निर्वाचनमा परिचालन गरिएका सुरक्षाकर्मी देखिन्छ।

    नेपालतिर बाटो नहुँदा छाङ्गरु र तिङ्करमा सुरक्षाकर्मी र निर्वाचन सामग्री पठाउन नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको हो।

    दार्चुलामा निर्वाचन सामग्री

    तस्बिर स्रोत, RSS

  11. तथ्याङ्कमा स्थानीय तह निर्वाचन २०७९

    नयाँ संविधान जारी भएपछि सङ्घीय गणतन्त्र नेपालमा दोस्रो पटक स्थानीय तह निर्वाचन हुन लागेको छ। यससँग सम्बन्धित महत्त्वपूर्ण तथ्याङ्क यहाँ प्रस्तुत गरिएको छ।

    • वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका एक करोड ७७ लाख ३३ हजार ७२३ नागरिक मतदाता
    • नेपालभरि ७५३ स्थानीय तहमा कुल ३५,२२१ जनप्रतिनिधि
    • वैशाख ३० गते हुने मतदान हुनुअघि अहिलेसम्म ३५३ उम्मेदवार निर्विरोध निर्वाचित
    • १७० दलित महिला सदस्य पदमा उम्मेदवारी दर्ता हुन सकेन
    • मतदानका लागि आयोगले देशैभरि १०,७५६ वटा मतदानस्थल र २१,९५५ वटा मतदान केन्द्र तोकेको छ
    • नेपालमा छवटा महानगर, ११ उपमहानगर, २७६ नगरपालिका तथा ४६० वटा गाउँपालिका

    स्रोतः निर्वाचन आयोग

  12. स्वागतम्

    नमस्कार। तपाईँलाई हाम्रो लाइभ पेजमा स्वागत छ।

    वैशाख ३० गते शुक्रवार नेपालभरिका स्थानीय तहमा निर्वाचन हुन लागेको छ। अर्थात् मतदान हुन चार दिन बाँकी छ।

    अहिले राजनीतिक दल र तिनका कार्यकर्ता र दलका एवं स्वतन्त्र उम्मेदवारहरू आफ्नो प्रचारप्रसारमा व्यस्त छन् भने निर्वाचन आयोग मतदानका लागि अन्तिम तयारी गरिरहेको छ।

    यो लाइभ पेजमा हामी निर्वाचनसँग सम्बन्धित जानकारी तथा घटनाक्रम प्रस्तुत गर्ने छौँ।