'खेल क्षेत्रमा लाग्न महिलाहरूले पढाइ र जागिर सँगसँगै लग्नुपर्छ'

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'खेल क्षेत्रमा लाग्न महिलाहरूले पढाइ र जागिर सँगसँगै लग्नुपर्छ'
'खेल क्षेत्रमा लाग्न महिलाहरूले पढाइ र जागिर सँगसँगै लग्नुपर्छ'
Published

महिला खेलाडीहरूले राम्रो तालिम सँगसँगै पढाइमा ध्यान दिएर पाएसम्म जागिर खाइहाले खेलमा टिक्न सजिलो हुने कबड्डी खेलकी राष्ट्रिय कप्तान मानमती विष्ट बताउँछिन्।

“धनी मानिसहरूले त कबड्डी खेल्दैनन्। गरिबका छोराछोरी खेतमा काम गरेको भएर बलिया हुन्छन् र खेलमा पनि राम्रो गर्छन्। विभिन्न कुराका लागि पैसा चाहिने भएका कारण पढाइलाई निरन्तरता दिएर जागिर खाइहाले राम्रो हुन्छ,” कप्तान मानमती विष्टले बीबीसी न्यूज नेपालीलाई बताएकी छिन्।

भर्खरै चीनमा सम्पन्न एशियन बीच गेम्समा नेपाली टोलीले कास्य पदक जितेको थियो।

कप्तान मानमती विष्टको कबड्डी यात्रा कसरी सुरु भयो र यो खेलमा लाग्दा कस्ता कस्ता चुनौतीको सामना गर्नुपर्‍यो? हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओमा।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।