मेक्सिकोको विश्‍वकप 'दूत' मर्लिन हाँस

भिडिओ क्याप्शन सुरु हुँदैछ, मेक्सिकोको विश्‍वकप 'दूत' मर्लिन हाँस
मेक्सिकोको विश्‍वकप 'दूत' मर्लिन हाँस
Published

जारी विश्वकप फुटबलको एक सहआयोजक राष्ट्र मेक्सिकोमा 'मर्लिन' नामक यो दुईवर्षे घरपालुवा हाँस 'भाइरल' भएको छ।

उक्त हाँस सहरका सडकहरूमा हिँडिरहेको देखिन्छ। उसले मेक्सिकोको फुटबल टोलीको जर्सी र उसकै लागि बनाइएको मोजा लगाएको छ।

मेक्सिकोका लागि फिफाको आधिकारिक मास्कट 'जायु' नामक ज्याग्युअर हो।

तर मर्लिनले पनि 'फ्यान'हरूको ध्यान खिचेको छ र उनीहरू त्यससँग तस्बिर खिचाउँछन्।

यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।