तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ट्रम्पको जन्मदिनमा ह्वाइट हाउसमा 'फाइट'
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ८०औँ जन्मदिनका अवसरमा ह्वाइट हाउस परिसरमा 'यूएफसी फाइट' आयोजना गरिएको छ।
निम्तालु मात्र जान पाउने कार्यक्रममा झन्डै ४,३०० जना थिए। त्यहाँ १४ जना खेलाडीले भिडन्तमा भाग लिए।
निश्चित नियममा बाँधिएर मिक्स्ड मार्शल आर्ट्सका सबै स्वरूपको प्रयोग गरी उनीहरू एकअर्कासँग भिडे।
संयुक्त राज्य अमेरिकाको २५०औँ स्थापना दिवसका अवसरमा पनि यो कार्यक्रम गरिएको भनिएको छ।
आलोचकहरूले यो उत्सव मनाउने सही तरिका नभएको भन्दै आलोचना गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।