इतेवोन दुर्घटना: ज्यान गुमाएका ती श्रीलङ्काली जसकी गर्भवती श्रीमती छन्
इतेवोन दुर्घटना: ज्यान गुमाएका ती श्रीलङ्काली जसकी गर्भवती श्रीमती छन्
Published
दक्षिण कोरियाको इतेवोनमा अक्टोबर २९ मा भएको दुर्घटनामा २६ जना विदेशी नागरिकको ज्यान गएको थियो। त्यसमध्ये एक थिए श्रीलङ्काका मोहम्मद जीनाथ।
उनी आफ्नी बिरामी आमाको उपचारमा सहयोग पुर्याउन सन् २०१८देखि दक्षिण कोरियामा काम गर्दै आएका थिए।
उनले यसै वर्षको गर्मी याममा बिहे गरेका थिए। अहिले उनकी गर्भवती श्रीमती एक्लै परेकी छन्।




