किशोर 'लाइफगार्ड'ले नाटकीय रूपमा बालकलाई बचाए

किशोर 'लाइफगार्ड'ले नाटकीय रूपमा बालकलाई बचाए
Published

अमेरिकाको क्यालिफोर्नियास्थित स्यान्टा क्रूजमा एक किशोर उद्धारकर्मीले समुद्रबाट एक १० वर्षे बालकको उद्धार गरेको यो भिडिओ हेर्नुहोस्।

राइडर विलिअम्सले किनारबाट झन्डै १४ मिटर परसम्म बगिसकेका बालकलाई उद्धार गरेका हुन्।

त्यहाँ रहेका केही पर्यटकहरू पनि उनलाई सघाउन पुगेका थिए।

प्रत्यक्षदर्शी स्कट भ्यान्डर डसनले आफ्नो भिडिओमा १६ वर्षे 'लाइफगार्ड'को कामको तारिफ गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।