तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
गर्मी बेलामा ध्रुवीय भालुको दैनिक जीवन कस्तो हुन्छ
जलवायु परिवर्तनका कारण समुद्रमा बरफ जम्ने समयावधि घट्दो छ। यस कारण ग्रीष्मयामको लामो समय ध्रुवीय भालु (पोलर बेअर)हरू जमिनमै बस्न बाध्य भएका छन्।
यसले पारेको असरबारे थाहा पाउन संयुक्त राज्य अमेरिकको यूएस जिअलजिकल सर्भे र वाशिङ्टन स्टेट यूनिभर्सटीले उत्तरी क्यानडाका केही पोलर बेअरको घाँटीमा क्यामरा बाँधेर एउटा अध्ययन गरे।
समुद्री जीव 'सील'को सिकारका लागि पोलर बेअरलाई बरफ चाहिने हुँदा बरफ नजमेको अवस्थामा उनीहरूले आहारा कसरी खोज्छन् भनी थाहा पाउनु यस अध्ययनको उद्देश्य थियो।
यसका अतिरिक्त अध्ययनले जलवायु परिवर्तनका कारण पोलर बेअरको सङ्ख्या उल्लेख्य पात्रामा घट्न सक्ने निष्कर्ष निकालेको छ।
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।