कतार विश्वकपका विशिष्ट पाहुनालाई परिकार पस्कने नेपाली

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘फिफामा मेरो भूमिका भनेको भीभीआईपीका लागि मेन्यू बनाउने हो’
कतार विश्वकपका विशिष्ट पाहुनालाई परिकार पस्कने नेपाली
Published

मलेखुको बजारमा माछा र आलुचप बेच्न सुरु गरेका आफ्ना मामाबाट प्रेरणा पाएको बताउने विनोद बराल अहिले फिफा वर्ल्ड कप २०२२ का विशिष्ट पाहुनाहरूका लागि खाना तयार पार्ने गरेका छन्।

“फिफामा मेरो भूमिका भनेको भीभीआईपीका लागि मेन्यू बनाउने र प्रोडक्शन गर्ने (खाना बनाउने) अनि सर्भिस गर्ने काम हो। फिफा वर्ल्ड कप २०२२ का लागि दोहा आएको ९० दिन भयो।” बरालले बीबीसी न्यूज नेपालीसँग भने।

पोखराका उनी अध्ययनको सिलसिलामा सन् १९९९ मा बेलायत पुगेका थिए। आफूले काम गर्दै आएको एउटा अन्तर्राष्ट्रिय कम्पनीमार्फत्‌ उनी अहिले दोहा पुगेका हुन्।

उनीसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको एक भिडिओ।

Binod Baral

तस्बिर स्रोत, Binod Baral