बालेन सरकारलाई जेन जी अभियानकर्मीले दिएको 'रिपोर्ट कार्ड'

बालेन सरकारलाई जेन जी अभियानकर्मीले दिएको 'रिपोर्ट कार्ड'
    • Author, सृजना श्रेष्ठ
    • Role, भिडिओ पत्रकार, बीबीसी न्यूज नेपाली
  • Published

असार २० गते प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'को नेतृत्वमा सरकार गठन भएको १०० दिन पुग्दै छ।

गत वर्षको भदौ २३ र २४ गते भएको जेन जी विद्रोहपछि अन्तरिम सरकार गठन भएको थियो। उक्त सरकारले सम्पन्न गरेको आमनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई झन्डै दुईतिहाइ बहुमत प्राप्त भयो। चुनावमा जाँदा नै प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत भएर विजयी वालेन्द्र शाहले गत चैत १३ गते प्रधानमन्त्रीको शपथ लिएका थिए।

सरकारले गठन भएकै दिन शासकीय सुधारसम्बन्धी १०० वटा कार्यसूची सार्वजनिक गरेको थियो।

सरकारको १०० दिन पुगेका अवसरमा केही जेन जी अभियानकर्मीहरूलाई "तपाईँले सरकारको कामको मूल्याङ्कन कसरी गर्नुभएको छ" भनेर बीबीसीले सोधेको थियो।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।