के 'टोइलट पेपर' को सट्टा बिरुवाको पात प्रयोग गर्न सकिन्छ
शौचालयमा के कारखानाबाट उत्पादन गरिने 'टोइलट पेपर' को सट्टामा बोटविरुवाको पात प्रयोग गर्न सकिन्छ? विज्ञहरू त्यस्तो सम्भावना भएको औँल्याउँछन्।
'प्लेक्ट्र्यान्थस बार्बटस' नामक एउटा बिरुवाको पात निकै नरम हुन्छ र विश्वका विभिन्न स्थानमा यो शौच गरेपछि मलद्वार पुछ्न प्रयोग हुँदै आएको छ।
यो बिरुवाका पातलाई सर्वसुलभ बनाउन समय लाग्न सक्ने भए पनि यसको प्रयोग गर्दा पर्यावरणमा हानि नपुग्ने यसको प्रयोगका समर्थकहरूले बताउने गरेका छन्।
हेर्नुहोस् यो भिडिओ।
End of अनि यो पनि
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



