यार्सागुम्बा टिप्न नपाएर निराश भएकाहरू

यार्सागुम्बा टिप्न नपाएर निराश भएकाहरू
Published

वर्षौँदेखि बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्दै आएकाहरूले यस पटक निकै कम मात्रामा यार्सा पाइएको भन्दै ऋणको बोझ थपिने चिन्ता व्यक्त गरेका छन्।

कैयौँका लागि यार्सागुम्बा जीवनयापनको स्रोत पनि हो।

झन्डै एक दशकअघिसम्म बर्सेनि पाँच/छ लाख रुपैयाँ आम्दानी हुने गरे पनि पछिल्ला चार/पाँच वर्षयता ४०/५० हजार रुपैयाँसमेत कमाउन नसकेको उनीहरूको गुनासो छ।

यार्सागुम्बासम्बन्धी अनुसन्धान गरेका कृष्णराज धिताल अव्यवस्थित रूपमा टिप्ने, जलवायु परिवर्तन र मानवीय क्रियाकलापले पाटनहरू प्रदूषित हुँदा यार्सा उत्पादनमा बर्सेनि ह्रास आइरहेको बताउँछन्।

डोल्पा पुगेर प्रकाश पन्तले पठाएको यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।