१३२ वर्षअघि समुद्रमा डुबेको पानीजहाजको भग्नावशेषको फुटेज

१३२ वर्षअघि समुद्रमा डुबेको पानीजहाजको भग्नावशेषको फुटेज
Published

अन्वेषकहरूले अमेरिकामा १३२ वर्षअघि समुद्रमा दुर्घटनामा परेको एउटा पानीजहाजको भग्नावशेषको फुटेज सार्वजनिक गरेका छन्।

'वेस्टर्न रिजर्भ कार्गो शिप' ग्रेट लेक्समा यात्रा गरेको पूरै स्टीलले बनेका प्रारम्भिक जहाजमध्ये एउटा थियो।

'ग्रेट लेक्स' भनिने पाँच सागरहरूमध्ये सबैभन्दा विशाल र पश्चिमोत्तर क्षेत्रको 'लेक सूपिरिअर'मा भएको घटनामा जम्मा एक जना मात्र बाँचेका थिए।

सन् १८९२ अगस्ट ३० मा भएको दुर्घटनामा जहाज दुई टुक्रा भएको थियो।

यसको भग्नावशेष सन् २०२४ जुनमा भेटिएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।