तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सेताम्मे पहाड, अस्तव्यस्त जनजीवन
शुक्रवारदेखि आइतवारसम्म तीन दिन नेपालको हिमाली तथा उच्च पहाडी भूभागमा हिमपात र वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
हिमाली र पहाडी जिल्लाहरूमा भएको हिमपातले त्यहाँको जनजीवन अस्तव्यस्त बनाएको छ।
हिमपातकै कारण पहाड र हिमालहरू सेता देखिएपछि दृश्यावलोकनमा रमाउनेहरू पनि छन्।
हिमपातपछि खिचिएका केही तस्बिरहरू:
बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ ।
बैतडीको सतबाँझ क्षेत्रमा भारी हिमपात भएको छ।
स्थानीय बासिन्दाहरू आफ्ना आँगनमा जमेको हिउँ पन्छाउने कार्यमा लागेका छन्।
बाजुराको सदरमुकाम मार्तडीबाट देखिने गौमुल गाउँपालिका-६ टाँडाकोट हिउँले ढाकिएको छ।
हिमाली जिल्ला हुम्लामा बिहीबार बिहान ११ बजेबाट निरन्तर हिमपात भइरहेको बताइएको छ।
निरन्तरको हिमपातले स्थानीय बासिन्दाहरूको जीवन कष्टकर बनेको छ।
डोटीको पूर्वीचौकी गाउँपालिकासँगै जोडिएको खप्तड झिग्राना हिमपातले ढाकिएको छ।
हिमपातले चिसो बढेपछि स्थानीय बासिन्दाको जनजीवन प्रभावित बनेको राष्ट्रिय समाचार संस्थाले जनाएको छ।
हिउँ परेकै कारण हिमाल र पहाडहरू सेताम्मे भएका छन्। भक्तपुरको नगरकोटबाट देखिएको हिमाली दृश्यमा हिउँको मात्रा धेरै देखिन्छ।
तनहुँको व्यास नगरपालिकाबाट हिमालको दृश्य हेर्न दैनिक दुई सयको हराहारीमा आन्तरिक पर्यटक त्यहाँ पुग्ने गरेका छन्।
सबै तस्बिरको सर्वाधिकार उल्लेख गरिएको छ।