अपहरणमा परेकी छोरीलाई डीएनएले ५१ वर्षपछि परिवारसँग पुनर्मिलन गरायो

Published

बच्चा हेर्न राखिएकी महिलाले अपहरण गरेकी छोरीको खोजी अमेरिकामा एउटा परिवारले आधा शताब्दीसम्म जारी राख्यो र केही दिन अघिमात्र उनीहरूको अश्रुपूर्ण पुनर्मिलन भएको छ।

मेलिसा हाइस्मिथ जम्मा २२ महिनाकी मात्र थिइन्, जब उनको टेक्सस राज्यस्थित घरबाट अपहरण भयो।

इन्टरनेटमा रहेको एउटा वेबसाइटको सहयोगमा डीएनए परीक्षणपछि ती महिलालाई आफ्नो परिवारसँग पुनर्मिलन सम्भव भयो।

पुनर्मिलन ५१ वर्षपछि सम्भव भएको थियो।

अनि यो पनि: