दशैँ: व्यवसायी भन्छन्, 'बाटोको अवस्थाका कारण टिकट बिक्रीमा अन्योल'

Published

विगत वर्षहरूमा जस्तै यस पटक समेत दशैँ मनाउन घर फर्किने यात्रुहरूले टिकट नपाएको गुनासो गरेका छन्। 

खासगरी लामो रूटमा यात्रा गर्ने यात्रुहरूले बसको टिकट पाउन निकै कठिन भएको बताएका छन्।

गत असोज १ गतेदेखि अग्रीम टिकट बुकिङ खुला गरिएको भए पनि नयाँबसपार्क तथा विभिन्न टिकट काउन्टरमा चाप बढेको देखिन्छ।

सीट नपाएपछि आफूहरूले बसको क्याबिनको टिकट लिनुपरेको र मुढामै बसेर यात्रा गर्नुपर्ने अवस्था पनि आएको सर्वसाधारणको भनाइ छ।

तर यातायात व्यवसायीहरू भने सडकको अवस्थाका कारण निर्धारित समयमा गाडी आवतजावत गर्न नसक्ने भएकोले टिकटको बिक्रीमा टुङ्गो लगाउन नसकिएको बताउँछन्।    

प्रहरीका अनुसार निर्धारित भाडाभन्दा बढी लिने यातायात कर्मचारी तथा विभिन्न बहानामा यात्रु ठग्ने बिचौलियालाई प्रहरीले पक्राउ गरिएको छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ

अनि यो पनि