घोडेजात्रा: ललितपुरमा किन एक्लो घोडा दौडाइन्छ?

Published

झन्डै ३५० वर्ष भन्दा पुरानो ठानिएको ललितपुरको घोडेजात्रामा अष्टमान महर्जनले पहिलो पटक घोडा दौडाएका छन्।

घोडेजात्राको दिन ललितपुर वल्खुटोलका स्थानीय बासिन्दाले घोडामा सवार भएर मन्दिर दर्शन गर्ने चलन रहेको भीमसेन गुठी च्यो:खल:का अध्यक्ष शंकर महर्जनले बताए।

घोडा चढ्न पाउने अधिकार वल्खुटोलका स्थानीय भीमसेन गुठीका सदस्यलाई मात्रै रहेको उनले बताए।

दरबारमा राजाको घोडा स्याहार्ने मानिसलाई सम्मान स्वरूप खड्ग र घोडासहित बिदाइ गर्दा यो जात्रा सुरु भएको किंवदन्ती छ।

मङ्गलबजारभित्र घोडालाई दानापानी खुवाएर सुरु हुने जात्रा उपत्यकाको प्रमुख जात्रामध्ये पर्छ।

घोडेजात्राका लागि नेपाली सेनाको घोडा ल्याउने चलन छ। हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि