सगरमाथाः पर्वतारोहीलाई 'बाटो' बनाइदिने काम सुरु, आइसफल डाक्टर भन्छन् 'भर्‍याङ र डोरी टाँग्दा झन्डै ज्यान गएको'

Published

यस वर्ष सगरमाथा आरोहणका लागि बाटो निर्माण कार्य सोमवार सुरु भएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले जनाएको छ।

आधार शिविरबाट दोस्रो शिविरसम्म बाटो निर्माणका लागि 'आइसफल डाक्टर' भनिने अनुभवी पर्वतारोही र पथप्रदर्शकको टोली बाटो बनाउने काममा खटिएको छ।

यस पटक छजना आइसफल डाक्टर रहेको १० जनाको टोलीले आरोहणको याम सुरु हुनुभन्दा अगाडि डोरी र भर्‍याङ टाँग्ने समितिका प्रमुख छिरिङ शेर्पाले बताएका छन्।

उनीहरूले चार साताभित्र काम सम्पन्न गर्ने अपेक्षा गएको।

झन्डै पाँच वर्षभन्दा बढी समय आइसफल डाक्टरको रूपमा काम गरेका सोलुखुम्बुका गेल्जे शेर्पाले सगरमाथामा बाटो बनाउने कार्य अत्यन्त चुनौतीपूर्ण रहेको बताउँदै यसअघि आफूले झन्डै ज्यान गुमाएको अनुभव सुनाएका छन्।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ ।

अनि यो पनि