अन्तर्राष्ट्रिय महिला दिवस: ‘सबैभन्दा डर चार वर्षकी छोरीलाई कोरोना सार्छु कि भन्ने थियो’

Published

नेपालमा कोभिड महामारीका बेला अग्रपङ्क्तिमा खटिनेमध्ये नर्सहरू पनि छन्।

कोभिड महामारी सुरु हुँदा संसारभरि त्रासपूर्ण स्थिति थियो। कोभिडबारे धेरै जानकारी उपलब्ध नभएका बखत अस्पताल भर्ना हुन आइपुग्ने बिरामीको रेखदेखमा अग्रमोर्चामा खटिएका केही नर्सहरूसँग हामीले कुराकानी गरेका छौँ।

"सबैभन्दा डर चार वर्षकी छोरीलाई कोभिड सार्छु कि भन्ने थियो," वीर अस्पतालकी नर्सले बीबीसी न्यूज नेपालीलाई बताइन्।

परिवारमा कोरोनाभाइरस सार्न सक्ने त्रासबीच र आफ्नै ज्यानको जोखमबीच पनि उनीहरूले कसरी आफ्नो काम गरे र त्यसबेलाको समयलाई उनीहरू अहिले कसरी सम्झिन्छन् ?

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि