राष्ट्रिय परिचयपत्र बनाउन कसरी निवेदन दिने?

Published

राष्ट्रिय परिचयपत्र बनाउन कुन-कुन कागजातसहित कहाँ कसरी निवेदन दिनु पर्छ?

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार अनलाइनमा विवरण भरिसकेपछि तोकिएको ठाउँमा गएर बायोमेट्रिक प्रविष्ट गराउनु पर्छ जसका लागि सक्कल नागरिकता, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्र, बसाइँ सराइ गरेको भए त्यसको कागजात र राहदानी बनाइसकेको भएको राहदानी लिएर जानुपर्छ।

राष्ट्रिय परिचयपत्र बनाउन आवश्यक जानकारी समेटेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्।