तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अफगानिस्तान: कडा जाडो छल्न मानिसहरू प्लास्टिक बालिरहेका छन्
Published
हिउँद याम शुरू हुँदै गर्दा अफगानिस्तानको मानवीय सङ्कट पनि बढ्दो छ।
तालिबानले सत्ता हातमा लिएपछि अन्तर्राष्ट्रिय नाकाबन्दी कायम छ र अर्थतन्त्र ओरालो लागेको छ।
यस अघिको अफगान सरकारको पतन र पश्चिमा सहयोग फिर्ता हुँदा बेरोजगारी तीव्र रूपमा बढेको छ।
केहीले मात्र आफ्ना परिवारलाई खाना उपलब्ध गराउन सकेका छन् र आफ्नो घर न्यानो राख्न सकेका छन्।
दश लाख बालबालिका कुपोषणको खतरामा परेका छन्।
संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानका लागि सहयोग उपलब्ध गराउन आपत्कालीन अनुरोध गरिसकेको छ।