तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेकपा माओवादी केन्द्र: जनार्दन शर्मालाई प्रश्न, 'महाधिवेशनले पदाधिकारी छान्नै नसक्ने अवस्था किन आयो?'
नेकपा माओवादी केन्द्रको महाधिवेशनले केन्द्रीय समिति चयन गरे पनि पदाधिकारी निर्वाचित नगरेरै सम्पन्न भएको छ। यद्यपि नवनिर्वाचित केन्द्रीय समितिले नै स्थायी समिति र पोलिटब्यूरो पनि चयन गर्ने उक्त पार्टीले जनाएको थियो।
अहिले अध्यक्ष माओवादीमा प्रचण्डले महासचिव पदमा कसलाई छान्लान् भन्ने धेरै जनाको चासो छ। सामान्यत: कम्युनिस्ट पार्टीमा महासचिवलाई नेतृत्वको उत्तराधिकारीको बलियो दाबेदारको रूपमा हेर्ने गरिन्छ।
उक्त पदमा खासगरी दुई प्रभावशाली मानिएका नेताहरू वर्षमान पुन र जनार्दन शर्मा आकाङ्क्षी रहेको भनिएकाले त्यसबारे झनै चासो बढेको पाइन्छ।
यसै विषयमा अर्थमन्त्री समेत रहेका माओवादी नेता जनार्दन शर्मासँग बीबीसी नेपाली सेवाको साप्ताहिक 'नेपाल सन्दर्भ' कार्यक्रमका लागि बीबीसी संवाददाता शरद केसीले कुरा गरेका छन्।
अनि यो पनि