शान्ति सेनामा महिला: सिपाही आमाको २७ महिने सन्तानसँग कङ्गो मिसनमा जानुअघि भेट

Published

संयुक्त राष्ट्रसङ्घीय शान्ति अभियानअन्तर्गत कङ्गो जानुअघि सिपाही मीरा चौधरीले श्रीमान्‌सँगै आफ्नो २७ महिनाको सन्तान भेट्न पाइन्।

"एउटी आमाका लागि सबैभन्दा ठूलो कुरा उसको बच्चा र परिवार हो, तर पनि नेपाली सेनामा जागिर खाइसकेपछि आफ्नो कर्तव्य के हो भनेर पहिला सोच्नुपर्छ," चौधरीले भनिन्।

चौधरी २१० जनाको नेपाली सेनाको टोलीसँग एक वर्ष कङ्गोमा रहने छिन्।

"आज मैले पाँच महिनापछि बच्चासँग भेटेकी हुँ।अब एक वर्षपछि फेरि भेट हुन्छ। कोभिडको कारणले गर्दा जानुअघि बच्चा भेट्न पाउँदिनँ कि भन्ने लागेको थियो। तर भेट्न पाइयो, साह्रै खुसी लागेको छ," चौधरीले भनिन्।

विभिन्न ११ देशहरूका शान्ति अभियानहरूमा नेपाली सेनाका २०३ महिला सैनिक कार्यरत छन्। नेपाली सेनाले अहिलेसम्म १,७७६ महिला सैनिकलाई शान्ति अभियानमा पठाइसकेको छ।

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।