टी२० विश्वकप: स्कटल्यान्ड विरुद्ध भारतको सहज जित, अब कसरी पुग्न सक्छ सेमिफाइनलमा

Published

संयुक्त अरब एमिरेट (यूएई) र ‌ओमानमा भइरहेको आईसीसी टी२० विश्व कपमा शुक्रवार स्कटल्यान्डसँग सामना गर्नु अघि भारतको दृष्टि न्यूजील्यान्ड र नामिबियाबीचको खेलमा थियो।

न्यूजील्यान्डलाई नामिबियाले कसैगरी जित्ला कि र आफू सेमि फाइनलमा पुग्ने आशा बढ्ला भन्ने भारतलाई थियो।

तर न्यूजील्यान्डले नामिबियालाई ५२ रनले सजिलै हराइदियो।

अनि भारतको मुस्किल पनि बढ्यो।

भारतका क्याप्टेन विराट कोहलीको जन्मदिन थियो, टस उनले जिते, स्कटल्यान्डलाई ब्याटिङ गर्न भन्यो। स्कटल्यान्डले १७.४ ओभरमा ८५ रनमात्र बनाउन सक्यो।

भारतले ६.३ ओभरमा नै दुई विकेट गुमाएर ८६ रनको लक्ष्य हासिल गरिहाल्यो।

अब भारतीय टीम टी२० विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना कत्तिको छ? आवश्यक गणित जान्नुहोस्।

स्कटल्यान्डको खराब सुरुआत

टस हारेको स्कटल्यान्डले ब्याटिङ गर्नुपर्‍यो।

उसको खराब प्रदर्शन थियो भन्ने कुरा त १० ओभर खेल्दा उसको स्कोर चार विकेट गुमाएर ४४ रन मात्र बन्नुले प्रस्ट पारेको थियो। त्यसको अर्थ भारतले यो प्रतिस्पर्धामा आफ्नो पकड बनाइसकेको थियो।

रवीन्द्र जडेजाले भारतलाई सुखद स्थितिमा पुर्‍याइदिए। उनले दुई ओभरमा ६ रन गरे र दुई विकेट गिराइदिए। स्कटल्यान्डको पहिलो विकेट १३ रनमै गिरेको थियो।

स्कटल्यान्डलाई मोहम्मद शमीले दोस्रो झट्का दिए। उनले एक विकेट लिए।

तेस्रो झट्का रवीन्द्र जडेजाले दिए। रिची बेरिङटनले एक रन नगरी बाहिरिनुपर्‍यो।

यसैगरी स्कटल्यान्डले एक पछि अर्को विकेट गुमाउँदै गयो।

स्कटल्यान्डमाथि शानदार जितपछि भारत सेमिफाइनलमा पुग्ने सम्भावना अझ बाँकी छ।

तर त्यसलाई परिणाममा बदल्न अब अफगानिस्तान-न्यूजील्यान्ड र भारत-नामिबियाको खेलको पर्खाइ छ।

अबको समीकरण कस्तो छ?

भारतले स्कटल्यान्डलाई जितेपछि ग्रुप२ को समीकरण असाध्यै रमाइलो बनेको छ।

पाकिस्तानले चार खेल जितेर पहिले नै सेमिफाइनलमा आफ्नो स्थान पक्का बनाइसकेको छ। न्यूजील्यान्ड चारमा तीन खेल जितेर छ अङ्क सहित दोस्रो स्थानमा छ।

भारत स्कटल्यान्डलाई हराएर राम्रो रन औसतसाथ अफगानिस्तान सँगै तेस्रो स्थानमा छ। भारत र अफगानिस्तान दुवैले चार चार खेल खेलेर दुई दुई खेल जितेका छन्। भारतको रन औसत १.६१९ छ जबकि अफगानिस्तानको रन औसत १.४८१ रहेको छ।

अब भारतको पर्खाइ कसैगरी अफगानिस्तान न्यूजील्यान्डलाई हराओस्, भारतले नामिबियालाई हराओस् ताकि भारत न्यूजील्यान्ड र अफगानिस्तान ६-६ अङ्क साथ समान रूपमा अङ्क टेबलमा बसुन् र सेमि फाइनलमा पुग्ने फैसला रन रेटको आधारमा तय होस् भन्ने छ।

जे भए पनि भारतलाई अफगानिस्तान न्यूजील्यान्ड खेलपछि मात्रै राहत मिल्ने नमिल्ने तय हुनेछ।

न्यूजील्यान्डको रन औसत १.२७७ छ। यस्तोमा न्यूजील्यान्ड अफगानिस्तानसँग हारे पनि भारले अन्तिम समूह खेलमा नामिबियालाई ठूलो अन्तरले हराउनुपर्ने हुन्छ।

क्रिकेटको अनिश्चितता र चमत्कारको भरोसामा अहिले भारतीय समूह बसेको छ।