तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'तीन जनालाई खाना खुवाउन करिब डेढ घण्टा र नुहाइदिन चार घण्टा लाग्छ'
नुवाकोटकी सोमिका तामाङलाई तिम्ल्याहा छोरीहरूलाई खाना खुवाउन छाकमै एकदेखि डेढ घण्टा खाना खुवाउन लाग्छ।
नुहाइदिन चार घण्टासम्म लाग्छ।
'खुवाउने बेलामा यताउता जाने अहिले त बामे सर्ने बेला यो तान्दिने त्यो तान्दिने एउटाले अर्कोलाई खानेकुरा दल्दिने गर्छन्।' तामाङले बीबीसी न्यूज नेपालीलाई बताइन्।
उनले गत वर्ष एकै पटक शल्यक्रियामार्फत् पाँच बच्चालाई जन्म दिएकी थिइन्।
तीमध्ये अहिले तीन जना जीवित छन्। ठूली छोरी ९ किलो जति छन्।
माहिली ७.५ केजी छन्।
छोरीहरूको आगमनले खुसी भएकी सोमिका तीन बच्चाको एकै पटक हेरचाह गर्न सहज नभए पनि त्यसबाट आफूलाई अपार हर्ष लाग्ने गरेको बताउँछिन्।
तिम्ल्याहा बच्चाहरू कसरी हुर्किरहेका छन् त?
हेर्नुहोस् नुवाकोटकी शक्तिमाया तामाङको सहयोगमा सृजना श्रेष्ठले बनाएको यो भिडिओ।