तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दसैँ: 'खसीबोका राम्ररी हेरेर मात्रै किन्नुपर्छ'
नेपालीहरूको महत्त्वपूर्ण चाड दसैँ नजिकिँदै गर्दा देशका प्रमुख सहरमा भित्रिने खसीबोकाको प्रभावकारी स्वास्थ्य परीक्षण गरिने पशु सेवा विभागले जनाएको छ।
चाडपर्वको बेलामा मासुको खपत अन्य समयमा भन्दा झन्डै दोब्बर हुने र अस्वस्थ खसीबोका तथा राँगाभैँसीको मासु प्रयोगले जटिल स्वास्थ्य समस्या निम्तिने भएकाले बजारको प्रभावकारी अनुगमन गरिने बताइएको छ।
तर बजारमा भित्रिने पशुको ठूलो हिस्सा परीक्षणको दायरा बाहिर रहँदै आएको उपभोक्ता अधिकारकर्मीहरूको गुनासो भने कायम रहेको छ।
विभागका वरिष्ठ पशु चिकित्सक डा. मोदनाथ गौतमसँग स्वस्थ खसीबोका चिन्ने तरिका र अस्वस्थ खसीबोकाबाट सर्ने रोगका बारेमा गरिएको कुराकानीका आधारमा कमल परियारले बनाएको यो भिडिओमा हेर्नुहोस्।
अनि यो पनि: