संविधान दिवस: अब संविधान सबैलाई स्वीकार्य भएको हो? विश्लेषक सीके लालसँग कुराकानी

Published

संविधान जारी भएको आइतवार ६ वर्ष पुगेको छ। २०७२ सालको असोज ३ गते जारी भएको संविधानको जति प्रशंसा भयो आलोचना पनि उत्तिकै भयो।

विनाशकारी भूकम्प गएको केही महिनामा जारी भएको संविधानलाई लिएर काठमाडौंलगायत ठूला सहरमा दिपावली भइरहँदा खासगरी तराईका जिल्लाहरूमा विरोध जनाइयो।

प्रमुख राजनीतिक दल र कतिपय संविधानविद्हरू संविधानको पक्षमा उभिए। तर संविधानले सबै समुदायको भावना समेट्न नसकेको भन्दै चर्को विरोध पनि भयो।

समयक्रममा विपक्षमै रहेका पार्टीहरू समेत उक्त संविधानअनुसार भएका चुनावमा सहभागी हुँदै सत्तामा पनि पुगिसके।

तैपनि संविधान संशोधनको आवाज पूर्ण रूपमा बन्द भइसकेको छैन। सत्तामै भएका दलका नेताहरू आइतवार संविधानको विरोध कार्यक्रममा सहभागी भए।

संविधानबारे बीबीसी नेपाली सेवाको साप्ताहिक नेपाल सन्दर्भमा संविधानका एकजना आलोचक सीके लालसँग गरिएको एक कुराकानी सुन्न माथिको प्लेबटनमा थिच्नुहोस्।