तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इजरेलमा टाउको पछाडिको भाग जोडिएका जुम्ल्याहा दिदीबहिनीको शल्यक्रिया 'सफल'
इजरेलमा टाउको जोडिएका जुम्ल्याहा दिदीबहिनीको शरीर एक किसिमको दुर्लभ शल्यक्रिया गरेर छुट्याइएको छ।
टाउकोको पछाडिको भाग जोडिएकाले उनीहरू विपरीत दिशामा फर्केर बस्थे।
शल्यक्रियापछि एकवर्षे ती शिशुले पहिलो पटक एकअर्कालाई देखेका हुन्।
बीरशीबास्थित एउटा अस्पतालमा उनीहरूको शरीर छुट्याउन गत साता १२ घण्टा शल्यक्रिया गरिएको बताइएको छ।
त्यसका लागि महिनौँ तयारी गरिएको थियो। उनीहरू दुवैका लागि टाउकोको छाला ग्राफ्ट गरिएको थियो।
अस्पतालका शल्यक्रियाका लागि इजरेल तथा अन्यत्रका दर्जनौँ विशेषज्ञहरूको संलग्न भएका थिए।
विश्वमा २० पटक मात्रै सम्पन्न गरिएको त्यस्तो शल्यक्रिया इजरेलमा पहिलो पटक गरिएको हो।
"उनीहरूले आफैँ सास फेरिरहेका छन् र खाँदै छन्," सोरोका मेडिकल सेन्टरको प्लास्टिक सर्जरी विभागका प्रमुख एल्डाड सिल्बरस्टाइनले इजरेलको च्यानल १२ न्यूजलाई भने।
शल्यक्रिया भन्दा महिनौँ अघि फुल्ने सिलिकन ब्यागहरू ती शिशुको टाउकोमा हालिएको थियो र छाला आवधिक रूपमा तन्काइएको थियो।
मस्तक पुनर्निर्माणपछि उनीहरूको टाउको जोड्न नयाँ छालाको उपयोग गरिएको थियो।
ती दिदीबहिनीको जन्म गत वर्ष अगस्टमा भएको हो।
उनीहरूको जीवन सामान्य हुने अपेक्षा गरिएको छ।
यो पनि हेर्नुहोस्