संसारको सबैभन्दा पुरानो टोपी पसल

Published

सन् १६७६ मा लन्डनको सेन्ट जेम्समा स्थापित लक एन्ड को नाम गरेको टोपी पसल अहिले पनि सञ्चालन भइरहेको छ।

यसलाई अहिलेसम्म सञ्चालनमा रहेको संसारको सबैभन्दा पुरानो टोपी पसल मानिन्छ।

यसका ग्राहकमा ड्यूक अफ वेलिङ्टन, विन्स्टन चर्लिल र चार्ली च्याप्लिनजस्ता चर्चित हस्तीहरू पनि थिए।

दुइटा विश्वयुद्ध र आर्थिक मन्दीहरू खेपेको यो पसलले कसरी कोभिड महामारी झेल्यो त?

हेर्नुहोस् यो भिडिओ।