एशियाली भलिबलबाट वञ्चित महिला खेलाडी भन्छन्, 'नेपाललाई चिनाउने अवसर गुम्यो'

Published

भदौमा हुने एशियाली महिला भलिबल प्रतियोगितामा कोभिडका कारण नेपाल सहभागी नहुने भएपछि खेलाडीहरू निराश भएका छन्।

कोरोनाभाइरस महामारीका कारण आयोजक फिलिपिन्सले नेपाललाई प्रतिबन्ध लगाएका कारण उक्त प्रतिस्पर्धाबाट नेपाल वञ्चित हुनुपरेको हो।

पहिलोपल्ट सहभागी हुन लागेको भए पनि प्रतिस्पर्धा सुरु नहुँदै बाहिरिनु परेकोले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने एउटा ठूलो अवसर गुमाउनुपरेको खेलाडीले बताएका छन्।

नेपाली महिला भलिबल टोलीले १३औँ दक्षिण एशियाली खेलमा राम्रो प्रदर्शन गरेर निकै प्रशंसा बटुलेको थियो।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।