'तर्साउने घर' कसरी बेच्ने? जापानका यी व्यापारीसँग सिक्नुहोस्

Published

जापानमा धेरै मानिसहरू भूतप्रेत हुन्छ भन्ने कुरा पत्याउँछन्।

कसैको अकालमृत्यु भएको घरमा भूतप्रेत लाग्छ भन्ने विश्वास गरिने भएकाले त्यस्ता घरमा मानिसहरू बस्न रुचाउँदैनन्।

तर आकिरा नामक यी घरजग्गा व्यापारी त्यस्तै भवन विक्री गर्छन्।

सन् २०१४ देखि उनले त्यस्ता ५०० वटा घर बेचिसकेका छन्।

अहिले जापानको जनसङ्ख्या घट्दो क्रममा रहेका बेला त्यस्ता घरको सङ्ख्या बढिरहेको छ।

जापानको कुल जनसङ्ख्या १२.७ करोड छ। तर सन् २०६५ सम्म घटेर ८.८ करोड पुग्ने अनुमान गरिएको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि