१५ सय केजी तौल भएको एउटै माछा भेटियो, तर माझीहरू 'निराश'

Published

दक्षिण भारतको विशाखापटनममा माझीहरूले एउटा निकै ठूलो माछा समाएका छन्। शार्क प्रजातिको त्यो माछाको तौल १,५०० किलोग्राम र लम्बाइ झन्डै १३ फिट थियो।

समुद्रमा फेला परेको उक्त माछालाई किनारामा ल्याउन उनीहरूलाई तीन घण्टा लागेको थियो।

तर त्यो खान मिल्ने माछा नभएको थाहा पाएपछि माझीहरू निराश भए।

पछि त्यो माछालाई फेरि समुद्रमै फ्याँकियो।

भिडिओ: बीबीसी तेलुगू

यो पनि हेर्नुहोस्